वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले तत्काल गृहमन्त्री नियुक्ति गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद साहीले सरकारसँग उक्त माग गरेका हुन् ।
उनले गाेङ्गबुस्थित नयाँ बसपार्कमा भएकाे घटलालाई लिएर सांसद शाहीले देशमा सरकार छ कि छैन ? भनेर प्रश्न गरेका छन् ।
यदी यो देशमा सरकार छ भने प्रधानमन्त्री निवासभन्दा करिब ३ किलोमिटर अगाडी लुटपाट हुँदा किन प्रहरी निकम्मा भएर हरेकाे ? भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘यदी सरकार छ भने दिनदहाडै लुटपाट हुन्छ ? यदी यसकार छ भने कि करोडौँ लगानी गरेका व्यवसायी डुब्दै छन् ? सरकार छ भने हामीले मजदुरका लागि किन ऐन बनाउँदैनौँ ? यदी यसकार छ भने प्रहरीलाई निकम्ममा बनाउँने को हो ?’
यो देशमा गृहमन्त्रालयको संयन्त्र रहेपनि गृहमन्त्रीकाे पद किन खाली भएकाे भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका छन् । मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने भए सबै मन्त्रालय खाली गरेर प्रधानमन्त्रीलाई जिम्मा लगाउनुपर्ने उनकाे भनाइ छ ।
उनले भने, यो देशमा गृहमन्त्रालयको संयन्त्र भएपनि गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए हरु मन्त्रालय किन बनाएको ? सबै मन्त्रालय प्रधानमन्त्रीलाई दिएर खाली गरे भैगो नी ।’ देशमा लुटतन्त्र हाबी भएको उनकाे भनाइ छ ।
बसपार्कमा भएकाे उक्त लुटपाट घटनामा संलग्नलाई तत्काल कारबाही अघि बढाउन उनले सरकारसँग माग पनि गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij