Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

खो खो खेल संरक्षण गर्न प्रतियोगिता आयोजना

खो खो खेल संरक्षण गर्न प्रतियोगिता आयोजना

  • 2.0K
    SHARES
  • खो खो खेल संरक्षण गर्न प्रतियोगिता आयोजना

    काठमाडौं । लोपोन्मुख अवस्थामा पुगेको खो खो खेल संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले यहीँ फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए ।

    भक्तपुर नपा-१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख ५० हजार, दोस्रोलाई एक लाख र तेस्रोलाई ५० हजार पुरस्कार, प्रमाणपत्रका साथै प्रतियोगितामा सहभागिता जनाउने नगरपालिकाहरूलाई पाँच हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij