Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित

अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित

  • 267
    SHARES
  • अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

    अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनुसार आएको मतपरिणाम अनुसार बडाल विजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। 

    बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्।

    यसैगरी,  उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्। 

    मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

    यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छन । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij