वेबटिभी खबर
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आयोजित स्थानीय तह अन्तरविद्यालय स्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्रदोय माध्यमिक विद्यालय, मुक्लीले जितेको छ ।
योसँगै सो विद्यालयले लगातार तीन वर्ष उपाधि जितेको छ । यही फागुन १ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा मुक्ली माविले २० स्वर्ण पदक जित्यो ।
यस्तै १२ स्वर्णसहित जनता मावि लोखिम दोस्रो तथा छ स्वर्णसहित देउसा मावि तृतीय भयो । प्रतियोगितामा विजयी छात्र छात्रालाई थुलुङ दुधकोशीका अध्यक्ष असिम राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij