Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पार्टी फुटेको संकेत गर्दै ठाकुर पक्षलाई बाबुरामले भने- भेडाहरूलाई भेडासँगै लाग्न दिऊँ

पार्टी फुटेको संकेत गर्दै ठाकुर पक्षलाई बाबुरामले भने- भेडाहरूलाई भेडासँगै लाग्न दिऊँ

  • 2.6K
    SHARES
  • पार्टी फुटेको संकेत गर्दै  ठाकुर पक्षलाई बाबुरामले भने- भेडाहरूलाई भेडासँगै लाग्न दिऊँ

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विवाद उत्कर्षमा पुगेपछि पार्टी फुटको संघारमा पुगेको छ । केपी ओली नेतृत्वको सरकारलाई साथ दिने विषयमा जसपाका नेताहरुबीच मतभिन्नताले पार्टी फुटको डिलमा पुगेको हो ।

    पार्टीमा पूर्वराष्ट्रिय जनता पार्टीका महन्थ ठाकुर-राजेन्द्र महतो र पूर्वसंघीय समाजवादी पार्टीका उपेन्द्र यादव-डा.बाबुराम भट्टराईबीचको मत भिन्नताले पार्टी एकतावद्ध रहिरहन असम्भव देखिएको छ ।

    ठाकुर पक्ष यतिबेला ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्मा भाग खोजी रहेको छ भने यादव पक्ष वर्तमान सरकारको विकल्पका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँसहित नेकपा एमालेबाट निलम्बित नेता माधव नेपालसँग मिलेर गठबन्धन बनाएर संघर्ष गरिरहेको छ ।  

    यसैबीच पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा ‘भेडाभेडा एकातिर र बाख्राबाख्रा एकातिर’ लाग्नुपर्ने धारणा राखेपछि जसपा फुट उन्मुख रहेको सहजै अनुमान गर्न सकिन्छ ।

    यसअघि भट्टराईले ट्वीट गर्दै जसपा कुनै जात वा क्षेत्रसँग मात्रै सम्बन्धित पुरानो विचारधारा बोकेको डुप्लिकेट पार्टी होइन भन्दै ठाकुरपक्षप्रति कटाक्ष गरेका थिए भने उनले आइतबार साँझ गरेको ट्वीट पनि ठाकुर पक्षतिरै लक्षित छ ।

    ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ । समयले नयॉ ध्रुवीकरण खोज्दैछ । अतस्मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हातमिलाएर आआफ्नो बाटो लागौं !,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लेखेका छन्, ‘हिँडिरहे फेरि भेटहुनेछ !’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij