Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अन्तर्राष्ट्रिय उडानमा देखिएको समस्या समाधान

अन्तर्राष्ट्रिय उडानमा देखिएको समस्या समाधान

  • 247
    SHARES
  • अन्तर्राष्ट्रिय उडानमा देखिएको समस्या समाधान

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरूद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ ।

    उनले भने, ‘अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ ।’

    अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए ।

    यसअघि पनि अध्यागमनको सर्भर डाउन भएकै कारण अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक-पटक अवरूद्ध हुँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij