वेबटिभी खबर
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड विरूद्धकाे खेलमा सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । नेपालले पाँच विकेट लिँदा लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउँदा १२४ रन जोडेको छ ।
सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो । नामिबियाविरूद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो । यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो ।
लिग-२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ । बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग-२ को शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्नपर्ने चुनौती रहेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij