Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

समस्या देखिएपछि विमान फिर्ता

समस्या देखिएपछि विमान फिर्ता

  • 335
    SHARES
  • समस्या देखिएपछि विमान फिर्ता

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको विमानमा समस्या देखिएपछि पार्किङ-वेमै फिर्ता भएको छ ।

    विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त विमानको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ ।

    यात्रु बोर्डिङ पूरा गरि धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको विमानमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

    उनका अनुसार विमानमा के समस्या देखिएको हो भन्ने खुलेको छैन । विमान अहिले पार्किङ-वेमै छ ।

    विमान कम्पनीका इञ्जिनीयरले उक्त विमानमा भएको समस्याका विषयमा छानबिन गरि उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विमान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij