Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

  • 241
    SHARES
  • चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

    उनले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने बताएका हुन् ।

    आज उक्त खण्डको स्थलगत अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले भने, ‘सडक विस्तारका विषयमा गम्भीरता पूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको थियो, केही समस्या थिए, समाधान निकालिसकिएको छ, केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको र केही चौकी हटाइसकिएको छ, अब छिट्टै काम सुरु गर्छौं ।’

    मन्त्री श्रेष्ठले चिनियाँ राजदूतले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाएको बताए । अनुगमनका क्रममा उनीसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत चिनियाँ दूताबास तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij