वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले राष्ट्रपतिको निर्वचानमा सत्ता साझेदार नेकपा एमालेसँग गठबन्धन नहुने बताएका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेको उनले बताए ।
‘राष्ट्रपति एकीकृत समाजवादीले लिने भन्ने प्रस्ताव रह्यो । कांग्रेसले पनि दोहोर्यायो । हाम्रा आ–आफ्ना दाबी छन् तर यो दाबीबीच सँगै जाने भन्ने सैद्धान्तिक सहमति भयो,’ भुसालले भने ।
नेता भुसालले राष्ट्रपति निर्वाचनबारे एमालेसँगको गठबन्धन नबन्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij