Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने सहमति हुन्छ : जनार्दन शर्मा

राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने सहमति हुन्छ : जनार्दन शर्मा

  • 238
    SHARES
  • राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने सहमति हुन्छ : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी रहेको बताएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सांसद शर्माले बिहान बसेकाे चार दलको बैठकले पौडेललाई उम्मेदवार बनाउने सहमति अन्तिम चरणमा पुगेको बताएका हुन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आज बिहान राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको थियो ।

    ती दलको बैठक आज साँझ ५ बजे फेरि बस्ने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij