Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कांग्रेसलाई राष्ट्रपति   

कांग्रेसलाई राष्ट्रपति   

  • 323
    SHARES
  • कांग्रेसलाई राष्ट्रपति   

    काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको छ ।

    बैठकपछि बालुवाटारबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय भएको जानकारी दिए ।

    बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो ।

    बैठकले कांग्रेस नेतृत्वको गठबन्धन, जुन सरकार निर्माण अघि थियो त्यसलाई औपचारिक रूपमा पुनः सतहमा ल्याएको छ ।

    यसअघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटवार्ता गरेर फर्किए पनि प्रधानमन्त्रीबाट कुनै सकारात्मक सन्देश पाउन सकेनन् ।

    ओलीले गत पुस १० गतेको सहमतिअनुसार नै अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमाले नेताहरूको दाबी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij