वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटर पुगेर राप्रपाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजीनामा बुझाएको हो ।
राप्रपाबाट प्रचण्ड सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।
आजै बसेको राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यस्तै राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ । राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिने पार्टीको निर्णय छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij