Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रपतिमा पौडेल र नेम्वाङले गराए उम्मेदवारी दर्ता

राष्ट्रपतिमा पौडेल र नेम्वाङले गराए उम्मेदवारी दर्ता

  • 273
    SHARES
  • राष्ट्रपतिमा पौडेल र नेम्वाङले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा स्थापना गरिएको मनोनयन दर्ता कार्यालयमा पुगेर उनीहरूले राष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् ।

    पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन ।

    पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

    यस्तै एमालेबाट उम्मेदवारी दिएका नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।

    पाैडेल र नेम्वाङ दुवैजना पूर्वसभामुख समेत हुन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij