वेबटिभी खबर
काठमाडौं । प्रदेश-१ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन् ।
काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजिनामा दिने निर्णय लिएसँगै प्रदेश–१ का राप्रपा मन्त्रीहरूले पनि राजिनामा दिन लागेका हुन ।
राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् ।
उनले भने, सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अब सरकारमा रहन्नौ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोलि राजीनामा दिनु हुनेछ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij