Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भाइरस भेरिएन्टको नामाकरण गर्न विश्व स्वास्थ्य संगठनको नयाँ प्रणाली 

भाइरस भेरिएन्टको नामाकरण गर्न विश्व स्वास्थ्य संगठनको नयाँ प्रणाली 

  • 921
    SHARES
  • भाइरस भेरिएन्टको नामाकरण गर्न विश्व स्वास्थ्य संगठनको नयाँ प्रणाली 

    जेनेभा । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ प्रकारको नामाकरण गर्न नयाँ प्रणालीको घोषणा गरेको छ । यसको माध्यामबाट बेलायत, भारत, दक्षिण अफ्रिका, ब्राजिललगायतका देशमा भेटिएका नयाँ प्रकारको नाम राख्न ग्रीक भाषाका अक्षरको प्रयोग गरिने छ । जसअनुसार बेलायती भेरिएन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिएन्टलाई बिटा अनि भारतीय भेरिएन्टलाई डेल्टा भनिनेछ ।

    डब्ल्युएचओले बोलीचालीमा सजिलो बनाउन र भेरिएन्टको नाम कुनै देशसँग सम्बन्धित छैन भनेर सुनिश्चित गर्नका लागि यस प्रणाली अपनाइएको हो । पहिलोपटक भेरिएन्ट भेटिएको स्थानअनुसार नाम राख्दा त्यस देश वा ठाउँविरुद्ध विभेदपूर्ण भावना विकास भएकाले यसरी नाम राखिएको हो ।

    यस महिनाको सुरूमा भारत सरकारले त्यहाँ सन् २०२० को अक्टुबरमा भेटिएको B.१.६१७.२ लाई भारतीय भेरिएन्ट भनिएकोमा भन्दै आपत्ति जनाएको थियो तर डब्लुएचओले कुनै पनि देशलाई जोडेर भेरिएन्टको नाम आधिकारिक रूपमा उल्लेख गरेको छैन् ।

    विश्व स्वास्थ्य संगठनकी कोभिड १९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्विट गर्दै भेरिएन्ट पत्ता लगाएर जानकारी दिने कुनै पनि देशलाई बदनाम गर्न नहुने बताएकी छन् । उनले भेरिएन्टको खोजका लागि सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक तथ्यहरु बाँड्न आवश्यक रहेको बताएकी छन् ।

    यी ग्रीक नामहरूले भाइरसको वैज्ञानिक नामलाई पूर्णरुपमा प्रतिस्थापन गर्दैनन् । यदि २४ भन्दा धेरै भेरिएन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ । डब्ल्युएचओले आफ्नो वेभसाइटमा सबै भेरिएन्टको नामको पूर्ण विवरण सावर्जनिक गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij