Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

  • 272
    SHARES
  • मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

    झापा । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला रतुवामाई नगरपालिका-५ निवासी २४ वर्षीय प्रकाश थापा रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रहरीले उनलाई शुक्रबार साँझ झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । अर्जुनधारा नगरपालिका-५ निवासी एकराज बुढाथोकीले बिर्तामोड-४ मा पार्किङ गरी राखेको लु८२प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

    मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij