Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

व्यवसायिक तरकारी खेती गर्ने कृषकलाई कृषि सामग्री हस्तान्तरण

व्यवसायिक तरकारी खेती गर्ने कृषकलाई कृषि सामग्री हस्तान्तरण

  • 327
    SHARES
  • व्यवसायिक तरकारी खेती गर्ने कृषकलाई कृषि सामग्री हस्तान्तरण

    मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यवसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

    नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

    कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए ।

    नगरपालिकाको पाँच लाख ४० हजार तथा किसानको पाँच लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैँचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले बताए।

    तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएको स्थानीय कृषकले बताए ।

    तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन । उनीहरूले २५ हेक्टर जमिनमा तरकारी खेती गरिरहेका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij