Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विद्यार्थीको हातमा निशुल्क कापी

विद्यार्थीको हातमा निशुल्क कापी

  • 295
    SHARES
  • विद्यार्थीको हातमा निशुल्क कापी

    सर्लाही । पूर्वसांसद नरेन्द्र साहले सर्लाहीको संसदीय क्षेत्र नम्बर ३ का विद्यालयमा निशुल्क कापी र कलम वितरण गर्ने अभियानलाई निरन्तरता दिएका छन् । शैक्षिक गुणस्तर कायम गर्ने र आर्थिक अभावका कारण विद्यार्थी पढ्नबाट बञ्चित हुनु नपरोस भनेर उनले गत मंसिर यता सो क्षेत्रमा निशुल्क कापी र कलम वितरण अभियान थालेका हुन । 

    यसै क्रममा आज आइताबर बरहथवा नगरपालिका वडा नम्बर १२ का तीन वटा विद्यालयका ६४० जना विद्यार्थीलाई दुई–दुई थान कापी वितरण गरिएको छ । साहले निशुल्क वितरण गर्न प्रदान गरेको कापी बरहथवा–१२ का वडाध्यक्ष रामजी राय यादवले विद्यार्थीलाई हस्तान्तरण गरेका छन् । 

    यादवले नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जनता सामुदायिक विद्यालय र श्री जनता आधारभूत विद्यालयका विद्यार्थीलाई कापी वितरण गरेको जानकारी दिए । ‘संविधानसभा सदस्य नरेन्द्र साहले क्षेत्रका हरेक विद्यार्थीलाई पढ्नका लागि आफ्नो तर्फबाट केही सहयोग गरौं भन्ने भावले कापी र कलम प्रदान गर्नु भएको छ,’ यादवले भने, ‘उहाँले पठाएको शैक्षिक सामग्री मेरो वडाका विद्यालयहरुमा आज वितरण गरें । निशुल्क कापी र कलम वितरण अभियानले विद्यार्थी, शिक्षक र अभिभावक निकै खुसी हुनु भएको छ ।’

    Kapi.jpg
    कापी वितरणपछि विद्यार्थी

    गत मंसिर ४ गते भएको निर्वाचनमा सो क्षेत्रबाट वाम–लोकतान्त्रीक गठबन्धनको तर्फबाट उम्मेदवार भएर झिनो मतले पराजित साहले चुनाव हारे पनि आफूले जनता सामु गरेको प्रतिवद्धता पुरा गर्ने बताउँदै आएका छन् । चुनावमा हार/जित जे भए पनि क्षेत्रमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उनले बताएका थिए । उनले क्षेत्रका सबै विद्यालयका विद्यार्थीका लागि ७५ हजार थान कापी र सोही अनुपातमा कलम वितरण गर्ने भएका हुन् । साहले कापी र कलम वितरण अभियानको सुभारम्भ आफैंले गरेर आवश्यकताअनुसार वितरण गर्न बाँकी विद्यालयलाई जिम्मा लगाएका छन् । बाँकी रहेको कापी आवश्यकताअनुसार वितरण भइरहेको यादवले बताए । 

    साहले पदमा हुँदा पनि र नहुँदा पनि व्यक्तिगत तर्फबाट त्यस क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् । बाढी पीडित हुँदा, आगलागी हुँदा, सडक भत्कँदा होस वा जुनसुकै विपत्ति पर्दा साहले व्यक्तिगत तर्फबाट जहिले पनि सहयोग गरेको स्थानीय बताउँछन् । उनले पदमा नहुँदा गरेको बराबरको सहयोग अरुले पदमा हुँदा पनि नगरेको स्थानीयको आरोप छ । चुनाव हारे पनि आफूले गरेका प्रतिवद्धता नबिर्सी सक्दो सहयोग गरेको भन्दै स्थानीयले साहको प्रशंसा गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij