वेबटिभी खबर
दमौली । बालिका बलात्कार अभियोग मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम (पल) शाहको स्वागतका लागि समर्थकहरूको भिड लागेको छ ।
सोमबार रिहा हुन लागेका पल शाहको स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको छ । उनका समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत वर्ष २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा एक बालिकाले आफूलाई अभिनेता शाहले बलात्कार गरेको उजुरी दिएकी थिइन् ।
उक्त उजुरी परेको चार दिनपछि १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij