Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ७८ बंगुर मरे

अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ७८ बंगुर मरे

  • 531
    SHARES
  • अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ७८ बंगुर मरे

    लमजुङ । लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ ।

    घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो ।

    बेसीशहर नगरपालिका ६ र ८ मा बंगुरहरू मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

    दुवै वडाका चारवटा बंगुर फार्ममा मात्रै हालसम्म ७८ वटा व्यवसायिक रूपमा पालिएका बंगुर स्वाईन फिभर संक्रमणबाट मरेको पुष्टि भएको छ ।

    संक्रमण फैलिन नदिन फार्ममा जैविक सुरक्षाका विधिहरू अपनाउने तथा बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र बंगुरहरू मरेमा राम्रोसँग खाडलमा गाड्न समेत पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

    बेसीशहर ८ स्थित पालिएका बंगुरहरू मर्न थालेपछि परीक्षणका लागि नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले बताए ।

    यो रोगविरूद्ध हालसम्म कुनै खोप वा औषधी उपलब्ध नभएको र बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावना अत्यधिक रहने पशु कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ ।

    बगुंरमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखा पर्छ।

    बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने हुदाँ यस्ता लक्षण देखिएमा स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल सम्पर्क गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij