Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सार्वभौमसत्ता विदेशीको ढोक्सामा परिसक्यो : रवीन्द्र मिश्र

सार्वभौमसत्ता विदेशीको ढोक्सामा परिसक्यो : रवीन्द्र मिश्र

  • 291
    SHARES
  • सार्वभौमसत्ता  विदेशीको ढोक्सामा परिसक्यो : रवीन्द्र मिश्र

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति/सार्वभौमसत्तासम्म बढ्दो रूपमा विदेशीको ढोक्सामा परिसकेको टिप्पणी गरेका छन् । मिश्रले सोमबार सामाजिक सञ्जालमा ढोक्साको बारेमा चर्चा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भनेका छन्- ढोक्सै ढोक्सा! उसले उसलाई, उसले उसलाई — सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति/सार्वभौमसत्तासम्म बढ्दोरूपमा विदेशीको ढोक्सामा परिसक्यो। कमसेकम ‘राष्ट्रप्रमुख’को एउटा पदमा, ढोक्साको पासोभन्दा माथि, राजालाई राख्न पाए संकटका बेला देशको भलो हुन्थ्यो भनेको, सुन्नु पर्नेले किन सुन्थे र! एक्लो बृहस्पति झूठो!

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij