Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

  • 341
    SHARES
  • मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । मोटरसाइकलले ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए ।

    मोटरसाइकल चालक कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । महोत्तरीको बलवा नगरपालिका-१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२-०२-००२प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो ।

    बर्दिबासस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij