वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका चारजना नेतालाई कारबाही गर्दै पार्टीबाट निकालेको छ ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले डा.भट्टराई-यादव पक्षले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निकालेको हो ।
बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारिणी सदस्यले जानकारी दिए ।
ठाकुर पक्षले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको र सरकारमा सहभागी हुन लागेको आरोप डा.भट्टराई-यादव पक्षको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij