वेबटिभी खबर
चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदिमा हाम फालेका एक जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको खैरहनी नगरपालिका-९ बस्ने २० वर्षिय मनिष महतोले नदिमा हाम फालेका थिए ।
उक्त घटनाबारे जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपालले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदिको बीचबाट जिवितै उद्धार गरेको हो ।
उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij