Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अवैध लागु औषधसहित ८ जना पक्राउ

अवैध लागु औषधसहित ८ जना पक्राउ

  • 245
    SHARES
  • अवैध लागु औषधसहित ८ जना पक्राउ

    काठमाडौं । प्रहरीले देशभरका विभिन्न स्थानबाट अवैध लागु औषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित रोल्पाका २८ वर्षीय राज कुमार मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले रोल्पाबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८८२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

    यस्तै मोरङको बेलबारी नगरपालिका-१ गुम्बा लाईन डेरा गरि बस्ने २९ वर्षीया हिरा राईलाई १० किलो ३४४ ग्राम गाँजासहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उनले लागुऔषध गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा र ५२ हजार ५०० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

    मोरङकै विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २८ मिलिग्रामसहित ताप्लेजुङ घर भएका ३३ वर्षीय कालुसिंह लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १८ प १०९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

    त्यस्तै म्याग्दीको बेनी नगरपालिका-८ कालिपुलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ मिलिग्रामसहित भारत पश्चिम बंगाल घरभई कास्की पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई मंगलाबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मकवानपुर मनहरी गाउँपालिका-९ ढकाल खोल्सीबाट करिब १५ किलो गाँजासहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन प्रजालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बोरामा उक्त गाँजा बोकर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

    बारा बिश्रामपुर गाउँपालिका-१ कल्याणपुर सिमाबाट नियन्त्रित लागुऔषध नुर्फिन ७२ पिस, डाइजेपाप ७० पिस र फेनारगन ७१ पिससहित भारत बस्ने २७ वर्षीय सहजाद अंसालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    सिमा प्रहरी चौकी छतबाट र एफओबि छतवाबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा  उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    यस्तै पर्साको वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्रामसहित भारत घर भएका २९ वर्षीय महमद नाएम शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको छ ।

    सुनसरी, ईटहरी उपमहानगरपालिका-८ बाट अवैध लागूअवैध गाँजा करिब ६ सय ग्रामसहित भारत घर भई सोही ठाउँस्थित होटल एण्ड खाजा घर संचालन गरी बस्ने ३२ वर्षीया आशा कामदलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उनले गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij