Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही 

लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही 

  • 342
    SHARES
  • लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही 

    वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ ।

    दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका ४०३ र आयकरका ४२९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ ।

    ‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिनेपत्र पठाइसकेका छौँ । यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ ।’ कार्यालयका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने ।

    पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरूको बैंक खाता रोक्का गरिने प्रमुख अधिकृत तिवारीको भनाइ छ । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij