Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदेश-१ काे नाम ‘कोसी’ बहुमतले पारित

प्रदेश-१ काे नाम ‘कोसी’ बहुमतले पारित

  • 368
    SHARES
  • प्रदेश-१ काे नाम ‘कोसी’ बहुमतले पारित

    काठमाडौं । प्रदेश-१ को नाम ‘कोसी’ बहुमतले पारित भएकोछ । बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले सांसद रामबहादुर रानामगरले ‘कोसी प्रदेश’ नाम राख्न गरेको प्रस्तावलाई प्रदेशसभा बैठकले पारित गरेको हो ।

    प्रदेशसभा सदस्य रानामगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो ।

    एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । त्यसपछि प्रदेशसभा बैठकमा उपस्थित प्रदेशसभा सदस्यले उक्त नाम ध्वनी मत जाहेर गरेर पारित गरेका हुन् ।

    काेसी बहुमतले पारित भएपछि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले ‘किराँत लिम्बुवान सगरमाथा’ नाम राख्न भन्दै राखेकाे प्रस्ताव प्रदेसभाले अस्वीकृत गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij