Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

  • 242
    SHARES
  • हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

    काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर  प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ ।

    प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताइन् ।

    प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् ।

    यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ ।

    यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडाैं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो ।

    यस वर्षको हिउँदमा  उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # माैसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij