वेबटिभी खबर
मुगु । हिमाली जिल्ला मुगुमा खाद्यान्नले गोदाम भरिभराउ भएका छन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय गमगढी बजार लगायत डिपो कार्यालयहरूमा खाद्यान्नले गोदाम भरिभराउ भएका हुन ।
विगतका वर्षहरूममा प्राय शाखा कार्यालयसँगै डिपो कार्यालयमा चामलको अभाव हुने जिल्लामा यो पटक खाद्यान्नले भरिभराउ भएको कार्यालयले जनाएको छ । पछिल्लो समय कार्यालय र डिपो कार्यालयमा चामलको मौज्दात रहेपछि खाद्यान्न लिन आउनेको संख्या पनि वृद्धि भएको छ ।
जिल्लाका डिपो, बिक्री केन्द्रहरूमा चामल ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाले पछिल्लो समय मुगु जिल्लाको लागि ढुवानी प्रक्रियामा सक्रियता बढाए पछि मुगुमा खाद्यान्नको अभावबाट भएकाे छैनन् ।
अहिले कार्यालयसँगै डिपो कार्यालयहरूमा चामलको प्रयाप्त वृद्धि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए ।
उनका अनुसार शाखा कार्यालय गमगढीको लागि ११ हजार क्विन्टल चामल कोटा रहेको छ भने जसमा ६ हजार क्विन्टल चामल ढुवानी भई करिब ४ हजार क्विन्टल चामल बिक्रि वितरण भई सकेको र २ हजार १ सय क्विन्टल चामल मौज्दात रहेको छ ।
मुगुका पुलु र सोरुकोट डिपो कार्यालयमा पनि चामल मौज्दात रहेका छन । अहिले पुलु र सोरुकोट डिपो केन्द्रमा १ सय क्विन्टल भन्दा बढि खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख भामको भनाई छ ।
पुलु र सोरुकोट डिपो केन्दमा पर्याप्त मात्रामा खाद्यान्न रहेकाले स्थानीय विगत जस्तो अभाव नहुने उनले दाबी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij