Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुरक्षा संवेदनशीलता देखाएर विमानस्थलमा यात्रुलाई दुखः नदिन मन्त्री किरातीको निर्देशन

सुरक्षा संवेदनशीलता देखाएर विमानस्थलमा यात्रुलाई दुखः नदिन मन्त्री किरातीको निर्देशन

  • 306
    SHARES
  • सुरक्षा संवेदनशीलता देखाएर विमानस्थलमा यात्रुलाई दुखः नदिन मन्त्री किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थल भित्र यात्रुलाई सुरक्षाका नाममा दुखः नदिन निर्देशन दिएका छन ।

    बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरूसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन । ‘सुरक्षा चुनौती छन, सरक्षामा कुनै सम्झौता गर्नुहुँदैन, तर सुरक्षा संवेदनशीलता देखाएर यात्रुहरूलाई दुर्व्यवहार भइरहेको छ’ उनले भने ।

    विमानस्थल भित्र बेला बेला हुने सर्भर डाउनले यात्रुले सास्ती पाएको भन्दै उनले यात्रुहरूमा नकरात्मक प्रभाव परेको बताए । ट्याक्सी स्टेशनमा नाममा रहेका बेथिति हटाउनसमेत उनले निर्देशन दिए ।

    ‘मन्त्रीले भनेपछि हराएको सामान पनि भेटिन्छ, साधारण मान्छेको निवेदन किन सुनुवाइ हुँदैन,’ उनले भने, ‘त्यही कागजातले पैसा न तिरी काम हुँदैन, तर त्यही कागजले पैसा तिरे काम बन्छ । यस्ता उदहारण धैरै छन् ।’ यस्तो अवस्था नसुध्रिए प्रमाणसहित सार्वजनिक गर्न बाध्य हुने उनको चेतावनी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij