Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोशी प्रदेश नाम खारेज गर्न नेपाल समाजवादी महिला संघको माग 

कोशी प्रदेश नाम खारेज गर्न नेपाल समाजवादी महिला संघको माग 

  • 406
    SHARES
  • कोशी प्रदेश नाम खारेज गर्न नेपाल समाजवादी महिला संघको माग 

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) निकट नेपाल महिला संघले १ नम्बर प्रदेशको नाम षडयन्त्रपूर्वक ‘कोशी’ राखिएको भन्दै खारेजीको माग गरेको छ ।

    १ नम्बर प्रदेश नेपाल महिला संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘कोशी’ नाम खारेज गरी पहिचानमा आधारित नाम राख्नुपर्ने माग गरेको हो ।

    अध्यक्ष तारा दवाडी, उपाध्यक्ष गौरी थलङ लिम्बू र मुख्यसचिव प्रतिमा माखिमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सम्पूर्ण पहिचानवादी पक्षधरहरूको मर्म र भावना विपरित मिति २०७९/११/१७ बुधबारका दिन १ नम्बर प्रदेश सरकारले ‘कोशी प्रदेश’ नामाकरण गरी आन्दोलनरत पक्षधरको पहिचान समाप्त पारेको छ । लिम्बूवान, किरात, किरात लिम्बूवान नामाकरणको ऐतिहासिक विरासत समाप्त पार्ने प्रदेश सरकारको निर्णयको घोर भत्सना गर्दै १ नम्बर प्रदेश नेपाल समाजवादी महिला संघ ‘कोशी प्रदेश’ खारेजीको माग गर्दछ ।’ 

    nsp nepal.jpg
     

  • सम्बन्धित विषय:

  • # नेसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij