Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सिरहाका कासिन्दर सदा खोटाङमा मृत फेला

सिरहाका कासिन्दर सदा खोटाङमा मृत फेला

  • 401
    SHARES
  • सिरहाका कासिन्दर सदा खोटाङमा मृत फेला

    खोटाङ । ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका-४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका क्रममा लेवरको काम गरिरहेका सदा शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले बताए ।

    दुई तीन दिनदेखि बिरामी परेका सदा बिहीबार भने काममा जान सकेका थिएनन् । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका थिए ।

    उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । मजदुरको काम गर्दै आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दै आएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij