Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लागुऔषध सेवन गरी सवारी चलाउने ११ जना चालक प्रहरीको नियन्त्रणमा

लागुऔषध सेवन गरी सवारी चलाउने ११ जना चालक प्रहरीको नियन्त्रणमा

  • 424
    SHARES
  • लागुऔषध सेवन गरी सवारी चलाउने ११ जना चालक प्रहरीको नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको नागढुंगामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ११ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई शुक्रबार‍ राति चेकिङ गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो ।

    पक्राउ परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएपनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको छ ।

    आउँदै गरेको होलीको दिन पनि व्यापक रुपमा लापसे र मापसे चेकिङ गरिने प्रवक्ता भट्टले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij