वेबटिभी खबर
बेइजिङ । बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले चीनको पूर्वी प्रान्त जियाङ्सुमा ४० वर्षीया एक पुरुषमा बर्ड फ्लूको दुर्लभ प्रकारको संक्रमण भएको पुष्टि भएको छ । एच१०एन३ प्रकारको बर्ड फ्लू पहिलोपटक मानिसमा संक्रमण भएको पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
चीनमा बर्ड फ्लूका थुप्रै विभिन्न किसिमका भेरिएन्टहरु छन्, यी भेरिएन्टमा कुखुरा तथा पंक्षिहरूकाे सम्पर्कमा पुग्ने, कुखुरा पाल्ने, हेरचाह गर्ने मानिसहरु बेला बेलामा संक्रमित हुने गरेका छन् । तर एच१०एन३ मानिसबाट मानिसमा फैलिन सक्ने अहिलेसम्म कुनै संकेत भेटिएको छैन । मानिसमा फैलिन सक्छ ।
'झेनजियाङ सहरका ती पुरुष बिरामी भएर अप्रिल २८ मा अस्पताल भर्ना भएका थिए, उनमा मे २८ मा बर्ड फ्लूको दुर्लभ भेरिएन्टको संक्रमण भएको पुष्टि भयो', स्वास्थ्य आयोगले मंगलबार भनेको छ । ती व्यक्तिको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालले डिस्चार्जको तयारी गरिरहेको बताइएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कुनैमा पनि संक्रमण पुष्टि भएन । एच१०एन३ भेरिएन्टबाट विश्वभर अहिलेसम्म मानिसहरु संक्रमित भएका थिएनन् ।
'एच१०एन३ भाइरस तुलनात्मक रुपमा कम संक्रामक छ, यसले पंक्षिहरुमा गम्भीर समस्या निम्त्याउने सम्भावना थोरै हुने र ठूलो मात्रामा यसको प्रकोप हुने अवस्था छैन', आयोगले भनेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij