Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनीमा साइबर हमला 

विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनीमा साइबर हमला 

  • 785
    SHARES
  • विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनीमा साइबर हमला 

    वाशिंटन । विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनी एउटा परिष्कृत साइबर समूहकाे निशानामा परेकाे छ । मासु प्रशाेधन कम्पनी जेबिएसको कम्प्युटर नेटवर्क साेमबार ह्याक भएपछि अस्ट्रेलिया, क्यानडा र अमेरिकामा केही अपरेसनहरू अस्थायी रूपमा बन्द गरिएका छन् । 

    कम्पनीले उक्त हमला रुसको एक फौजदारी र्‍यान्समवेअर साइबर समूहबाट भएको हुन सक्ने अनुमान गरेको छ । आक्रमणपछि सेवा बन्द हुँदा त्यहाँका हजारौं कामदार प्रभावित भएका छन् । साथै यसले मासुको अभाव हुन सक्ने र मूल्य बढ्ने अवस्था देखिएको छ ।

    र्‍यान्समवेअर साइबर आक्रमणमा ह्याकरहरू एक कम्प्यूटर नेटवर्क भित्र छिरेर माग गरेको रकम नदिएसम्म अवरोध कायम गरिराख्ने वा डेटा सार्वजनिक गरिदिने धम्की दिन्छन् । 

    अमेरिकाको ह्वाइट हाउसले यसबारे अनुसन्धान ब्युरोले अनुुसन्धान गरिरहेको जनाएको छ । 

    विश्वका १५ वटा देशमा जेबिएसका १५० कम्पनीहरु रहेका छन् । यो सन् १९५३ मा ब्राजिलमा स्थापना भएको थियो, यस कम्पनीमा हाल एक लाख ५० हजार कर्मचारी छन् । 

    जेबिएसले साइबरहमलाको समाधानको लागि महत्वपूर्ण प्रगति भएकाले यसका अधिकांश कम्पनीहरुले बुधबारबाट सेवा सुरु गर्ने अपेक्षा गरेको जनाएको छ । कम्पनीले सोमबार प्रणालीमा ह्याक भएको थाहा पाउनासाथ तत्काल सबै बन्द गरेको जनाएको छ । साइबर आक्रमणबाट अष्ट्रेलिया र क्यानडाका प्लान्टहरू पनि प्रभावित भएका छन् तर कम्पनीको दक्षिण अमेरिकी कार्य प्रणालीमा अवरोध छैन् ।

    यसअघि डार्कसाइड नामको एक साइबर आपराधिक गिरोहले अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल नेटवर्कमा छिरेर करिब १०० जिबी डाटा आफ्नो नियन्त्रणमा लिएको थियो । यसपछि ह्याकरले केही कम्प्युटर र सर्भरमा डेटा लक गरेर पैसा नदिए सबै तथ्यांक इन्टरनेटमा लिक गर्ने धम्की दिँदै फिरौति मागेका थिए । पछि कोलोनियल पाइपलाइनले साइबर आपराधिक गिरोहलाई ४४ लाख अमेरिकी डलर फिरौती रकम बुझाएको पुष्टि थियो । 

    देशकै सबैभन्दा ठूलाे इन्धन पाइपलाइनमा साइबर आक्रमणपछि अमेरिकामा संकटकाल  देशकै सबैभन्दा ठूलाे इन्धन पाइपलाइनमा साइबर आक्रमणपछि अमेरिकामा संकटकाल 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij