वेबटिभी खबर
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले चुनाव नजिकिँदै जाँदा भोट माग्न सक्रियता बढाएका छन् । पौडेल सोमबार बिहानै नेकपा एकिकृत समाजवादका नेता झलनाथ खनालालाई भेट्न डल्लु पुगेका छन् ।
पौडेलले खनाल निवास पुगेर उनीसँग आफ्नो पक्षमा भोट मागेका छुन् । पौडेलले एकिकृत समाजवादीसमेत आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् । तर खनालले पार्टी निर्णय नभइकन राष्ट्रपतिमा पौडेललाई समर्थन गरेकोमा असन्तुष्टि जनाउँदै आएका छन् ।
पौडेल र खनालबीचको भेटमा समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij