Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

राष्ट्रपति निर्वाचनको विषयमा एमाले सांसदलाई प्रशिक्षण

राष्ट्रपति निर्वाचनको विषयमा एमाले सांसदलाई प्रशिक्षण

  • 388
    SHARES
  • राष्ट्रपति निर्वाचनको विषयमा एमाले सांसदलाई प्रशिक्षण

    काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको हो ।

    २५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन । सो निर्वाचनको सोमबार मध्यराति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ ।

    मौन अवधि सुरु हुनु केही घण्टा अगाडि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रादेशिक सांसद मतदाता रहनेछन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij