Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भन्सार छलेर ल्याउँदै गरेको मोबाइल बरामद

भन्सार छलेर ल्याउँदै गरेको मोबाइल बरामद

  • 235
    SHARES
  • भन्सार छलेर ल्याउँदै गरेको मोबाइल बरामद

    नवलपरासी । सोमबार बिहान नवलपरासी प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाखभन्दा बढी मूल्य पर्ने मोबाइल बरामद गरेको छ ।

    images

    भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका-५ को भगतपुराबाट १० लाख ६२ हजार मूल्य बराबरको ३६ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

    बरामद भएको मोबाइलमा प्रतिपिस १७ हजार पर्ने ‘स्मार्ट-सेभन’ ११ थान र प्रतिपिस ३५ हजार पर्ने ‘पोको एम-फोर प्रो’ मोबाइल २५ थान छन । बरामद भएको मोबाइल महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

    कारोबारमा संलग्न मोटरसाइकल र व्यक्ति भने प्रहरीलाई फरार भएको सूचना अधिकारी पाण्डेले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology