Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रपति निर्वाचनको मतदान सुरु

राष्ट्रपति निर्वाचनको मतदान सुरु

  • 258
    SHARES
  • राष्ट्रपति निर्वाचनको मतदान सुरु

    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान सुरु भएको हो ।

    राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।

    मतदानको समय दिउँसो ३ बजेसम्म  निर्धारण गरिएको छ । राष्ट्रपति चयनका लागि संघीय सांसद, राष्ट्रिय सभाका सदस्य र प्रदेशसभा सदस्यहरुले मतदान गर्दैछन् ।

    संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij