Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपाल प्रहरीका ५ डीआईजी एआईजी बढुवामा सिफारिस

नेपाल प्रहरीका ५ डीआईजी एआईजी बढुवामा सिफारिस

  • 277
    SHARES
  • नेपाल प्रहरीका ५ डीआईजी एआईजी बढुवामा सिफारिस

    काठमाडौं । बढुवा सिफारिस समितिले नेपाल प्रहरीका पाँचै जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको छ । गृह सचिवको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले पाँचै जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।  

    नेपाल प्रहरीका नायब महानिरीक्षक(डीआईजी)हरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस भएका हुन् ।

    सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।

    एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा सिफारिस गरिएको हो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij