Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेपाल विद्यालय कर्मचारी परिषद् ३३ वर्षमा, अध्यक्ष तिवारीले के भने ? 

नेपाल विद्यालय कर्मचारी परिषद् ३३ वर्षमा, अध्यक्ष तिवारीले के भने ? 

  • 3.1K
    SHARES
  • नेपाल विद्यालय कर्मचारी परिषद् ३३ वर्षमा, अध्यक्ष तिवारीले के भने ? 

    नेपाल विद्यालय कर्मचारी परिषद् नामक संस्था जुन साझा संस्थाको रूपमा सामुदायिक विद्यालयहरूमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवासुविधा कर्तव्य लागि २०४७/११/२६गते जन्म गराउनु हुने अग्रजहरूप्रति हार्दिक सम्मान साथै आभार व्यक्त गर्दछु ।

    images

    यो संस्था आजबाट ३३ वर्षमा पाइला राखेको छ । यसै सन्दर्भमा सम्पूर्ण विद्यालय कर्मचारी मित्रहरूमा शुभकामना । यो ३३ औं वर्ष विद्यालय कर्मचारीहरूको सेवासुविधा पूर्ण गराउन सफल रहोस् ।

    आजको दिन ठिक १ वर्ष अगाडि नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गराउनुभएका सम्पूर्ण प्रतिनिधि मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै यो टिममा रहनुभएका सम्पूर्ण पदाधिकारी एवम् सदस्य सचिवालय समिति, प्रदेश पदाधिकारी सदस्यज्यूहरू जिल्ला कार्यसमिति ,पालिका कार्यसमिति एवम् सम्पूर्ण विद्यालय कर्मचारी मित्रहरू, समय समयमा विशेष सहयोग गर्नुहुने विभिन्न शिक्षक संघ,संगठनहरू, नेपाल शिक्षक महासंघ महासंघ, राष्ट्रिय समिति, विभिन्न पत्रकार मित्रहरू, शैक्षिक क्षेत्रका शैक्षिक अभियन्ताज्यूहरू, १ वर्षका अवधिमा जुन प्रकारको साथ सहयोग पाएको छु आशा छ यो साथ सहयोग निरन्तर पाउने छु ।

    मेरो नेतृत्वमा रहनुभएका सम्पूर्ण साथीहरूको तर्फबाट संकल्प गर्दछु– मेरो तन,मन र धनले जे जति गर्न सक्ने छु त्यो विषयमा मैले कुनै कमी राख्ने छैन तर पनि मैले गर्दागर्दै कहिँ कतै कसैलाई कुनै शब्द तथा समयमा जानीनजानी कुनै गल्ती हुन गएको भए त्यसलाई सुधारिएर जाने अवसर एवम् सुझाव दिनुहुने छ भन्ने आशावादी छु ।

    पुनः अन्त्यमा हाम्रो तेस्रो राष्ट्रिय सम्मेलन २०७९ को घोषणापत्रसँगै आगामी कार्यक्रमहरूलाई पूर्णरूपमा सफल बनाउनुहुन सबैमा विनम्रता पूर्वक हार्दिक अनुरोध गर्दछु ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology