Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कुटपिटबाट एक जनाको मृत्यु

कुटपिटबाट एक जनाको मृत्यु

  • 334
    SHARES
  • कुटपिटबाट एक जनाको मृत्यु

    रौतहट । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको हाे ।

    बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीन जनाको समूहले दासलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका दासको बिहीबार अपराहन्न मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij