Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जंगली जनावरबाट खेती जोगाउन तारजाली वितरण

जंगली जनावरबाट खेती जोगाउन तारजाली वितरण

  • 254
    SHARES
  • जंगली जनावरबाट खेती जोगाउन तारजाली वितरण

    अर्घाखाँची । जंगली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जंगली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ ।

    बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी-६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाअध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

    रैथाने बालीका रुपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । उनले भने, ‘बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ ।’

    चालु आर्थिक वर्षमा वडा कार्यालयले चार लाख विनियोजन गरेर जंगली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो । निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बाँदर नियन्त्रण गर्नुपर्ने जनताको माग रहेसँगै बाँदर धपाउन कृषकलाई तारजाली वितरण गरेको वडाअध्यक्ष पौडेलको भनाइ छ ।

    वडा कार्यालयको ५० र कृषकको ५० प्रतिशत लगानीमा छ मिटर चौडाइ र एक सय मिटर लम्बाई भएको जाली गाउँभरिका व्यावसायिक ४६ कृषकलाई ९८ सय मिटर वितरण गरेको हो ।

    नेपालमै नमूना प्रकृतिको कार्यक्रम भई तीन वर्षदेखि अभ्यासमा आएकाले बाँदर तथा जंगली जन्तु नियन्त्रण गर्न तारजाली निकै प्रभावकारी हुने पाणिनी गाउँपालिकाका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij