Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

डोनाल्ड ट्रम्पको सञ्चार वेबसाइट स्थायी रुपमा बन्द 

डोनाल्ड ट्रम्पको सञ्चार वेबसाइट स्थायी रुपमा बन्द 

  • 595
    SHARES
  • डोनाल्ड ट्रम्पको सञ्चार वेबसाइट स्थायी रुपमा बन्द 

    फ्लोरिडा । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सञ्चार प्लेटफर्म स्थायी रूपमा बन्द भएको उनका प्रवक्ताले बताएका छन् । ट्रम्पका वरिष्ठ सहयोगी जेसन मिलरले सिएनबिसीसँग भने, 'हामीसँग भएका बृहत प्रयासका लागि यो सहयोगी मात्र हो र यसमा हामी काम गरिरहेका छौं ।' 

    ट्विटरमा लेखिएकाे छ, 'डोनाल्ड जे ट्रम्पको नामबाट खोलिएको वेबसाइट हाल हटाइएको छ ।' मिलरले ट्विटमार्फत ट्रम्प सामाजिक सञ्जालमा पुनः फर्किने जनाएका छन् । उनी कहिले र केमार्फत सोसल मिडियामा उपस्थित हुन्छन् भनेर केही खुलाइएको छैन । 

    सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबलगायतले प्रतिबन्ध गरेको चार महिनापछि मे ५ मा ट्रम्पले डोनाल्डजेट्रम्प.कम (www.donaldjtrump.com) नामक वेबसाइट सञ्चालन गरेका थिए । ट्रम्पका तस्बिर, भिडियो, विज्ञप्ति र सन्देशहरु बाँड्नका लागि उक्त वेबसाइट सुरु गरेको बताइएको थियो । ट्रम्पले त्यहाँ गरेका पोष्टलाई लाइक गर्न, फेसबुक र ट्विटरमा सेयर गर्न मिल्ने बनाइए पनि पोष्टमा कमेन्ट गर्न भने नमिल्ने थियो । 

    जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटोल हिल्समा भएको हिंसात्मक घटनापछि ८८ मिलियन फलोअर्स रहेको ट्रम्पको खाता ट्विटरले स्थायी रुपमा प्रतिबन्ध गरेको छ भने अन्य सामाजिक मिडियाले पनि ट्रम्पका खाताहरु निलम्बन गरेका थिए ।

    फेसबुक, ट्विटरको प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्पले सुरु गरे आफ्नै वेबसाइट

    फेसबुक, ट्विटरको प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्पले सुरु गरे आफ्नै वेबसाइट 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij