Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजनाको कालो ढुसी संक्रमणबाट निधन

सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजनाको कालो ढुसी संक्रमणबाट निधन

  • 761
    SHARES
  • सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजनाको कालो ढुसी संक्रमणबाट निधन

    काठमाडौ । धनगढीस्थित सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जनाको कालो ढुसी संक्रमणबाट निधन भएको छ ।  यहि १७ जेठमा अस्पताल भर्ना भई उपचाररत कैलालीको बर्दगोरियाका-६ तुलसीपुरका ६५ वर्षीय पुरुषको निधन भएको हो ।

    उनको आज बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनमा कालो ढुसीका लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पतालले जनाएको छ।  

    पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड-१९ संक्रमित वा संक्रमणमुक्त भएका व्यक्तिहरुमा देखिएको छ । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक हुने भएकाले समयमै ध्यान पुर्‍याउनुपर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij