Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शिक्षण अस्पतालमा दुईजना कालो ढुसीका संक्रमितको शल्यक्रिया

शिक्षण अस्पतालमा दुईजना कालो ढुसीका संक्रमितको शल्यक्रिया

  • 580
    SHARES
  • शिक्षण अस्पतालमा दुईजना कालो ढुसीका संक्रमितको शल्यक्रिया

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दुईजना कालो ढुसी संक्रमितको शल्यक्रिया गरिएको छ ।

    कोभिड-१९ संक्रमणपछि कालो ढुसी (म्युकरमाइकोसिस) का संक्रमितको शल्यक्रिया गरिएको अस्पतालका उप-निर्देशक डा.सुभाष आचार्यले जानकारी दिए ।

    डा.आचार्यकाअनुसार ६५ र ४० वर्षका व्यक्तिको शल्यक्रिया गरिएको हो । सो अस्पतालमा रहेका तीनजना ब्लाक फंगस संक्रमितमध्ये अर्का एकजनाको पनि शल्यक्रियाको तयारी भइरहेको छ ।

    संक्रमितको १० दिनको अवधिमा शल्यक्रिया सम्पन्न गरिएको छ । नेपालमा हालसम्म १२ जना कालो ढुसीका संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

    आँखा, नाक, मुख बिगार्ने यो निकै भयानक संक्रमण हो । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक हुने भएकाले समयमै ध्यान पुर्‍याउनुपर्छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij