Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त 

जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त 

  • 1.2K
    SHARES
  • जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त 

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नै सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापालाई पदमुक्त गरिएको राजमोले जनाएको छ । 

    थापालाई पदमुक्त गर्नका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र संसदीय दलको तर्फबाट पियारी थापाले सचिवालयमा पत्र पेश गराएका थिए । बिहीबार दिउँसो बसेकाे प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कारबाहीकाे जानकारी गराएका हुन् ।

    थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न विपक्षी दल कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई पार्टीले कारबाही गरेको हो । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्षतर्फका सांसद हुन् । गण्डकीमा राजमोका अब दुई जना सांसद छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij