Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

  • 303
    SHARES
  • पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

    अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई ५० हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

    उनीहरूबाट ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सीआईबीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij