Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बढ्यो दूधको मूल्य

बढ्यो दूधको मूल्य

  • 342
    SHARES
  • बढ्यो दूधको मूल्य

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागु हुने गरि नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।

    संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागु हुने गरि देशभर दूधको मूल्य बढाएको जानकारी दिए ।

    यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दूग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम ६५ रूपैयाँ कायम गरिएको उनले बताए ।

    मन्त्रिपरिगाद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ ।

    निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रूपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रूपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाडौँ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रूपैयाँ पर्नेछ ।

    त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रूपैयाँ कायम भएको  संस्थानले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दूध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij